Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ जारी

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ जारी

  • 88
    SHARES
  • नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३ जारी

    काठमाडौं । सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’  (9th Nepal Land & Housing and Construction EXPO-2026)हिजोदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी छ ।

    नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) एवं नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDF) को आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह-आयोजनामा आयोजित चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् ।

    एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको छ। यो एक्स्पो असोज ४ गतेसम्म जारी रहने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij