वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षण गर्दा ४९०४ जना कोराना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा २११५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ पुगेको छ ।
त्यसैरी मंगलबार कोरोना संक्रमणबाट थप ३५ जनाको निधन भएको छ । योसमेत हालसम्म देशभर संक्रमणकै कारण निधन हुनेको संख्या १० हजार १५० पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij