Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काेराेना परीक्षणकाे दायरा बढाउन अनुगमन तथा मूल्यांकन समितिकाे निर्देशन

काेराेना परीक्षणकाे दायरा बढाउन अनुगमन तथा मूल्यांकन समितिकाे निर्देशन

  • 613
    SHARES
  • काेराेना परीक्षणकाे दायरा बढाउन अनुगमन तथा मूल्यांकन समितिकाे निर्देशन

    काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोरोना संक्रमण जोखिम नियन्त्रण र रोकथामका लागि  गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

    सिंहदरबारमा सोमबार बसेको समिति बैठकले खोपको अनियमितता भएको सम्बन्धमा आएका सूचनाका आधारमा छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पनि निर्देशन दिएको सभापति निरादेवी जैरुले जानकारी दिइन् ।

    स्वास्थ्य सेवालाई सर्वशुलभ, समान पहुँच र सरल बनाउन जोड दिँदै बैठकले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको स्तरोन्नति गर्दै अघि बढ्न पनि समितिले निर्देशन दिएको उनले बताइन् ।

    बैठकमा समिति सदस्यहरुले सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    त्यस्तै उनीहरुले कोरोना संक्रमणलाइ रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका थिए ।

    बैठकमा स्वास्थ्य विभागका महानिर्देशक डा.तारानाथ पोखरेल मुलुकका ९६ वटा पिसीआर केन्द्रबाट कूल जनसंख्याको १३.५प्रतिशत जनताको कोरोना परीक्षण भएको जानकारी दिए  । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij