Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

सानीमा लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाखभन्दा बढीको आवेदन

सानीमा लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाखभन्दा बढीको आवेदन

  • 529
    SHARES
  • सानीमा लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाखभन्दा बढीको आवेदन

    काठमाडौं । सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन (आइपीओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

    साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपीओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।

    रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।

    कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

    मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # आइपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij