Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पाैडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी !

पाैडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी !

  • 482
    SHARES
  • पाैडेल पक्षका  जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी  !

    काठमाडौं । नेपाली कांग्रेसको पाैडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

    कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।  महाधिवेशनका सम्बन्धमा आवश्यक रणनीति बनाउन भेला आयोजना गरिएको एक सभापतिले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij