वेबटिभी खबर
काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।
‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij