वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको पहिलो डोज लगाएकाहरुलाई सोमबारबाट दोस्रो डोज दिइने भएको छ । कोरोनाविरुद्धको खोप ‘एस्ट्राजेनेका’ लगाउन लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकिएको छन् । उक्त खोप अभियान २५ देखि २६ साउनसम्म सञ्चालन हुनेछ ।
यसअघि खोप अभियान सञ्चालन भएका खोपकेन्द्रहरुलाई नै कायम गरि उक्त खोप केन्द्रहरुबाट एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij