Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भन्नु आधारहिन 

कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भन्नु आधारहिन 

  • 644
    SHARES
  • कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भन्नु आधारहिन 

    नयाँ दिल्ली । कोरोना भाइरसको तेस्रो संक्रमण आउने हल्लाले अभिभावकहरु चिन्तित भइरहेका छन् । तेस्रो लहरले खोप नलगाएका बालबालिकालाई असर गर्छ भन्ने अनुमानका आधारमा फैलिएको हल्लाले अभिभावकको चिन्ता बढाएको हो ।

    तर स्वास्थ्यविज्ञहरुले संक्रमणको तेस्रो लहरबाट बालबालिका बढी प्रभावित हुन्छन भन्ने हल्लाका पछाडि कुनै प्रमाणित आधार नभएको र यो कुरा काल्पनिक भएको बताएका छन् । 

    टाइम्स ग्रुपले ‘कोभिड–१९ को तेस्रो लहरः प्रिभेन्सन एन्ड प्रिपेयरनेस मेटर्स’ शीर्षकमा आयोजना गरेको वेबनारमा इन्टरनेसनल पीडीयाट्रिक एसोसिएसनका अध्यक्ष डा. नवीन ठक्करले संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित गर्छ भन्ने कुनै जैविक प्रमाण नभएको बताएका हुन् । 

    डा. नवीनले बालबालिकाहरु संक्रमणको तेस्रो लहर आउँदैमा अभिभावकलाई डराउनु पर्ने अवस्था नभएको बताएका छन् । बच्चामा गम्भिर संक्रमण हुँदैन र दुई चरणमा फैलिएको कोरोनाका क्रममा धेरै जसो बालबालिकामा बिना लक्षणको संक्रमण देखिएको उनको भनाई छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij