Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

म्यान्मारः जब सिस्टरकाे अगाडि प्रहरीले घुँडा टेके

म्यान्मारः जब सिस्टरकाे अगाडि प्रहरीले घुँडा टेके

  • फाल्गुण २५, २०७७ मंगलवार १७:०१ बजे
  • 738
    SHARES
  • म्यान्मारः जब सिस्टरकाे अगाडि प्रहरीले घुँडा टेके

    याङगुन । सेना अगाडि हतियार लिएर उभिरहेको थियो । मुलुकमा प्रजातन्त्रमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका थिए । सिस्टर एनी रोजा बीचमा थिइन् र उनलाई के गर्ने थाहा थियो । सिस्ट रोजा सेतो र कालो ड्रेसमा रहेकी उनले सडकको बीचमा हात फैलाएर बसेर गोली नचलाउन प्रहरीलाई बिन्ती गरिन् । म्यानमारमा विद्रोह भएदेखि जारी हिंसात्मक प्रदर्शनमा धेरै प्रदर्शनकारी मारिएका छन् ।

    सोमबार पनि दुई जनाको ज्यान गयो र यस्तो अवस्थामा सिस्टर रोजाले आफ्नो जीवनको चिन्ता नगरी बाँकीलाई बचाउने लक्ष्य राखिन् । संयोगवश, अन्तर्राष्ट्रिय महिला दिवसमा लिइएको यो फोटो एक उदाहरणको रूपमा देखा पर्‍यो । २८ फेबु्रअरीमा, सिस्टर रोजा हिम्मतका साथ प्रहरीसामु उभिएकी थिइन् ।

    सोमबार, जब अधिकारीहरूले प्रदर्शनकारीहरूलाई गोली हान्न सुरु गरे, उनी आफ्नो ज्यानको प्रवाह नगरी प्रहरीको अगाडि पुगिन् । उनले अधिकारीहरूलाई भनिन्, ‘यदि तिमीहरुले गोली चलाउनुपर्छ भने पहिला मलाई गोली हानेर यहाँबाट अगाडि बढ्नुपर्छ ।’ सिस्टर रोजाले स्काई न्यूजलाई बताइन्, सुरक्षाकर्मीहरूले दिउँसो १२ बजे कारबाही गरे, त्यसपछि मैले प्रदर्शनकारीमाथि गोली नचलाउन र पक्राउ नगर्न उनीहरुलाई प्रार्थना गरे ।’ यस अवस्थामा प्रहरीहरु पनि सिस्टर रोजाको अगाडि घुँडा टेकेका थिए र उनीहरुले भनेका थिए, ‘हामीले प्रदर्शन रोक्नका लागि बल प्रयोग गर्नुपर्छ ।’

    यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्यो, गोली चलायो । सिस्टर रोजाले कसले गोली चलायो भनेर देख्न पाइनन्, उनले आफ्नो अनुरोध नसुनेका प्रहरी अधिकारीले गोली चलाएको हुन पर्ने विश्वास गरिन् । गत महिनामा सेनाले सत्ता कब्जा गरे यता यसको विरोधमा दिनहुँ प्रदर्शन भइरहेको छ । प्रदर्शन रोक्न प्रहरीले चलाएको गोली लागेर हालसम्म ५० भन्दा बढीको ज्यान गएको छ । 

  • सम्बन्धित विषय:

  • # म्यान्मार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij