Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

२५ साउनबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाइने

२५ साउनबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाइने

  • 851
    SHARES
  • २५ साउनबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाइने

    काठमाडौं । कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरूलाई २५ साउनबाट दोस्रो मात्रा लगाइने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार बसेको सचिव स्तरीय बैठकले भुटान र जापानबाट आएको एष्ट्रेजेनेकाको खोप ‘कोभिशिल्ड’को पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्रा लगाउने निर्णय भएको खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले बताए । 

    उनकाअनुसार शुक्रबार बिहान भुटानबाट २ लाख ३० हजार डोज खोप आइसकेको छ । जापानले अनुदानमा दिएको एष्ट्रेजेनेकाको १६ लाख डोज खोपमध्ये शनिबार र आइतबार गरि ८ लाख डोज खोप आउँदै छ ।

    गौतमले कोभिशिल्डको पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउने सबैलाई दोस्रो मात्रा दिइने जानकारी दिए । नेपालमा करीब १४ लाख ज्येष्ठ नागरिकहरुले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij