Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कर्णाली प्रदेश सभा सचिव खड्काद्धारा पदभार ग्रहण

कर्णाली प्रदेश सभा सचिव खड्काद्धारा पदभार ग्रहण

  • 92
    SHARES
  • कर्णाली प्रदेश सभा सचिव खड्काद्धारा पदभार ग्रहण

    सुर्खेत । कर्णाली प्रदेश सभाको सचिवमा डा.अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेश सभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।

    सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का ‎नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिव भएर काम गरेका थिए । खड्कासंग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

    नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रदेश सभा सचिवालयका कर्मचारीहरुले खड्कालाई स्वागत गरेका छन् । कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij