Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

जसपा फुट्यो भन्नु हल्लामात्र: महन्थ ठाकुर

जसपा फुट्यो भन्नु हल्लामात्र: महन्थ ठाकुर

  • 832
    SHARES
  • जसपा फुट्यो भन्नु हल्लामात्र: महन्थ ठाकुर

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिलेकै अवस्थामा पार्टी फुटेको भनेर हल्ला चलाउनु गलत भएको बताएका छन् ।

    बिहीबार जनकुर पुगेका उनले अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि अहिलेकै अवस्थामा जसपा फुट्यो भनेर हल्ला चलाउनु ठिक नभएको बताए । 

    ११ साउनमा निर्वाचन आयोगमा भएको हेड काउन्ट गर्दा आधिकारिकता नपाएका ठाकुर पक्षले जसपाकै ब्यानरमा विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । 

    ठाकुर पक्षले सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा शुक्रबार कार्यकर्ता भेला तय गरेको हो । कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर र पूर्वपर्यटनमन्त्री उमाशंकर अरगरिया बिहीबार नै जनकपुरधाम पुगेका हुन् । 

    जनकपुर विमानस्थलमा पत्रकारहरुसँगको जिज्ञासामा अध्यक्ष ठाकुरले पार्टीको आधिकारिकता विषयमा सर्वोच्चमा मुद्दा चलिरहेकाले तत्काल नयाँ पार्टी दर्ता गर्ने कुरा अनावश्यक रुपमा कसैले चलाएको हल्ला मात्र भएको दाबी गरे ।

    अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई स्वागत गर्न एयरपोर्टमा उपस्थित नेता, कार्यकर्ताले उनीहरुको समर्थनमा नाराबाजीसमेत गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij