Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

  • 529
    SHARES
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौं । नेपालका लागि जापानी राजदूत किकुता यूताकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । बुधबार दिउँसो राजदूत किकुताले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

    भेटको अवसरमा राजदूत किकुताले मन्त्री श्रेष्ठलाई बधाइ दिनुका साथै शुभकामना समेत दिएका थिए । यस्तै जापान सरकारले यसअघि झण्डै १६ लाख डोज अस्ट्राजेनेका कोभिड खोप उपलब्ध गराएको बारे पनि भेटको क्रममा छलफल भएको थियो ।

    यसका लागि राज्यमन्त्री श्रेष्ठले जापान सरकारलाई धन्यवाद दिएका थिए । कोभ्याक्स सुविधाको खोप छिट्टै नेपाल आइपुग्ने पनि अपेक्षा गरिएको थियो । राजदूत किकुताले दुई देशबीचको मित्रताको लामो इतिहास स्मरण गर्दै द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरेका थिए । बुधबार भेटवार्तापछि दुवै पक्षले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij