Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

गिनी विस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, सयौं घाइते

गिनी विस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, सयौं घाइते

  • फाल्गुण २५, २०७७ मंगलवार १३:०८ बजे
  • 613
    SHARES
  • गिनी विस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, सयौं घाइते

    याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको विस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् । गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् । 

    मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ । बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो ।

    घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो । बिस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा सहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो ।

  • सम्बन्धित विषय:

  • # विस्फोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij