Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मधेश प्रदेश सभाको आठ वर्ष पूरा

मधेश प्रदेश सभाको आठ वर्ष पूरा

  • 96
    SHARES
  • मधेश प्रदेश सभाको आठ वर्ष पूरा

    जनकपुर । मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ । आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । ८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ ।

    प्रदेश सभा सचिवालयका अनुसार पहिलो कार्यकालका ५ वर्षमा ९ अधिवेशनमार्फत २ सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म १ सय ३९ बैठक बसिसकेको छ । पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    ८ वर्षमा कुल ७० विधेयक पारित भएका छन् । ८ वर्षको अवधिमा मधेस प्रदेश सरकारले ९ वटा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेको छ भने ६ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । ८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij