रियो द जेनेरियो । अमेजनको घना जंगलमा दुर्घटनाको शिकार भएका एक विमान पाइलटलाई ३६ दिनपछि सुरक्षित रुपमा घर फर्किएका छन् । सेसना १० विमान दुर्घटना भएपछि उद्धारका लागि सम्पर्क गर्न पाइलट एन्टोनियोसँग कुनै उपकरण थिएन ।
जनवरी २८ मा एन्टोनियो ब्राजिलको पारा राज्यमा रहेको अलेंकेरबाट अल्मिरिका लागि उडेका थिए । प्राविधिक त्रृटिका कारण उनले विमान आकस्मिक अवतरण गर्नुपरेको थियो । जमिनमा अवतरण हुनासाथ विमान आगो लाग्यो । उनले तत्काल विमानमा राखेको खानेकुरा निकालेका थिए ।
विमान हराएपछि उनको खोजी कार्य सुरु भएको थियो । दुर्घटनापछि खोजी कार्यमा सक्रिय टिमले विमानको एक अंश पनि भेटेनन् । पाइलटले आफूलाई बचाउन कोही नआएपछि पैदल हिँडेर जंगलबाट निस्किने सोच बनाएका थिए । पाँच साता जंगलमा बिताएपछि उनले जंगलमा कटुस टिप्न जाने मानिससँग भेटे र उनीहरुकै सहयोगमा बाहिर निस्किए ।
विमान दुर्घटना भएको ३६ दिनपछि परिवारसँग भेटेका पाइलटबारे ब्राजिलको टेलिभिजनले रिपोर्ट प्रसारण गरेको थियो । परिवारले उनको स्वास्थ्यपरीक्षणका लागि अस्पताल लगेका थिए, त्यहाँ डिहाइड्रेशन र अन्य सामान्य उपचारपछि उनलाई घर पठाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij