वेबटिभी खबर
रामेछाप । बाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् ।मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् ।
सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ । बजारको माग के छ भन्ने आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत रूपमा योजना राख्दा कार्यक्रम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताइन्।
सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले ती कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बढी प्रभावकारी हुन सक्ने धारणा उनले राखिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij