वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवाबाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।
आफ्नो १ सय दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका छन् । यसअघि आफू संलग्न सम्पूर्ण व्यवसायसँगको आवद्धता अब नरहेको पनि श्रेष्ठले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij