Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गैर-आवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

गैर-आवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

  • 610
    SHARES
  • गैर-आवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

    जापान । गैर-आवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् ।

    जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१-२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान  भएको थियो ।

    निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो ।

    नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरे । 

    यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij