Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सिड्नीको प्रसिद्ध बोन्डी बीचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नीको प्रसिद्ध बोन्डी बीचमा गोली चल्दा १० जनाको मृत्यु

  • 114
    SHARES
  • सिड्नीको प्रसिद्ध बोन्डी बीचमा गोली चल्दा १० जनाको मृत्यु

    काठमाडाैं । अष्ट्रेलियाको सिड्नीबाट स्तब्ध पार्ने खबर आएको छ। पर्यटकको भीड लाग्ने सिड्नीको प्रसिद्ध समुद्र तट बोन्डी बीचमा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको छ। घटनापछि धेरै मानिसहरू सुरक्षित स्थानतर्फ भागेका थिए । घटनाको रिपोर्ट आउने बित्तिकै प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे।

    सिड्नी प्रहरीले घटनाको सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै आइतबार सिड्नीको प्रसिद्ध बोन्डी बीचमा धेरै गोली चलेको घटनामा दुई जनालाई पक्राउ गरिएको उल्लेख छ । 

    न्यू साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा घटनास्थलमा प्रहरी कारबाही जारी रहेकाले त्यहाँबाट सबैलाई सुरक्षित स्थानमा जान भनेको छ ।

    पूर्वी सिड्नीमा अवस्थित बोन्डी समुद्र तट अष्ट्रेलियाको सबैभन्दा प्रसिद्ध समुद्र तटहरू मध्ये एक हो । यहाँ विशेष गरी सप्ताहन्तमा ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन । स्थानीय सञ्चारमाध्यमका अनुसार केही समय गोली चलेको आवाज सुनिएको थियो । (एजेन्सीकाे सहयाेगमा)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij