Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

माछाले बढाउँछ आयु

माछाले बढाउँछ आयु

  • 680
    SHARES
  • माछाले बढाउँछ आयु

    काठमाडौं । खानामा ओमेगा–३ को कमीले व्यक्तिको आयु घट्नसक्छ । यो धुम्रपान गर्नुभन्दा बढी जोखिमपूर्ण हुन्छ । माछा ओमेगाको राम्रो स्रोत हो । स्वास्थ्यविज्ञहरुले माछालाई नियमित खानामा समावेश गर्न सुझाएका छन् । 

    एक अध्ययनकाअनुसार धुम्रपानले व्यक्तिको ४ वर्ष आयु घटाउँछ । त्यसैगरि माछामा पाइने पौष्टिक आहारको कमीले मानिसको पाँच वर्ष आयु घट्छ । 

    माछामा पाइने तैलीय पदार्थले हाम्रो मुटुलाई स्वस्थ राख्छ । यसले शरीरमा रगतको कमीलाई पनि पूर्ति गर्छ । अध्ययनकर्ताका अनुसार दैनिक आहारमा ८ प्रतिशत ओमेगा–३ हाम्रो शरीरको लागि उपयुक्त हुन्छ । 

    क्यानडाको गुएल्फ विश्वविद्यालयका प्रमुख अध्ययनकर्ता डा. माइकल मैकबर्नीकाअनुसार जापानमा ओमेगा–३ को इन्डेक्स ८ प्रतिशतभन्दा धेरै हुन्छ । जसरकारण जापानका मानिसको आयु अमेरिकनभन्दा पाँच वर्ष बढी हुन्छ । यो अध्ययन ‘अमेरिकन जर्नल अफ क्लीनिकल न्युट्रिसन’ मा प्रकाशित छ । यो अहिलेसम्म विश्वमा गरिएको सबैभन्दा लामो अध्ययन हो ।

    अध्ययनकर्ताकाअनुसार उमेर घटाउने जोखिमको डाइटमा धुम्रपान, मद्यपान पर्छन् । जसलाई शारीरिक व्यायाम गरेर कम गर्न सकिन्छ । यसले मानिसहरुको बिग्रिरहेको स्वास्थ्यमा सुधार गर्नुकासाथै उमेर नपुगि हुने मृत्युदरको जोखिमलाई पनि कम गर्छ । 

    सन् २०१८ मा २५ सय जनामा एक अध्ययन गरिएको थियो । जसमा ओमेगा–३ को सेवन गर्ने व्यक्तिमा चाँडै मृत्यु हुने जोखिम ३३ प्रतिशतले कम हुन्छ । महिलामा पनि यसको सकारात्मक परिणाम देखिएको थियो । 

    अध्ययनकर्ताले साल्मन र मैकेरेल नामक माछामा अत्यधिक मात्रामा ओमेगा–३ पाइने जनाएका छन् । यससँगै अन्य सि–फूडमा पनि ओमेगा–३ पाइन्छ । जसमध्ये आयस्टर्स पनि एक हो । त्यसैगरि सरडाइन्स प्रजातिको एक सानो प्रकारको माछा पनि ओमेगा–३ को राम्रो स्रोत हो ।

    केवियर (माछाका अन्डा), फ्लैक्स सीड्स, चिया सीड्स, सोयाबिनमा पनि ओमेगा–३ पाइन्छ । शरीरमा ओमेगा–३ को आपूर्ति गर्न नियमित रुपमा माछा खानु पर्छ । शाकाहारीले अन्य खानेकुराबाट ओमेगा–३ को पूर्ति गर्न सक्छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij