Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पाँच विद्यार्थी संगठनद्वारा दार्चुला घटनाको तत्काल छानविन गर्न माग  

पाँच विद्यार्थी संगठनद्वारा दार्चुला घटनाको तत्काल छानविन गर्न माग  

  • 749
    SHARES
  • पाँच विद्यार्थी संगठनद्वारा दार्चुला घटनाको तत्काल छानविन गर्न माग  

    काठमाडौं । पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानवीन गरी दोषिमाथी कारवाहीको माग गरेका छन् । 

    दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा काट्दा नदीमा बगेर बेपत्ता भएको घटनाको गम्भीर छानविन हुनुपर्ने विद्यार्थी संगठनको माग छ ।

    संयुक्त विद्यार्थी संगठनले भारतीय सुरक्षाकर्मीको अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका प्रवक्ता एवं उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।  

    यस्तै मध्यपश्चिमाञ्चल  विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गर्दा परीक्षाको वातावरण विग्रिएको भन्दै विद्यार्थी संगठनले विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा संचालन गर्ने वातावरण वनाउन माग गरेको छ ।

    यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको सम्वन्धमा पनि विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

    प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्चाएको उल्लेख गदैै यसले गर्दा विद्यार्थीको पढाइ र विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएकाले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् । (फाइल फाेटाे)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij