Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • 174
    SHARES
  • कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

    महाशाखा अनुसार अहिले देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    यस्तै, आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij