Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

छठ पर्वमा बजार चहलपहल

छठ पर्वमा बजार चहलपहल

  • 119
    SHARES
  • छठ पर्वमा बजार चहलपहल

    रौतहट । रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर छठ पर्वले जातीय भेदभाव धनि र गरिब बिचको असमानता भावनाको पनि अन्त्य गरेको देखिन्छ ।यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ ।

    यसमा नै छठको प्रसाद ठेकुवा, भुसुवा र खाजा जस्तो परिकार चढाइन्छ । यो छठ पूजाका लागी अति आवश्यक सामाग्री मानिन्छ । यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तीत्वलाई स्वीकार गरेको इशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए ।आफूहरुले पनि नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ मनाउने व्यवस्था गरेको बताए।

    यति बेला छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ । छठ पर्वका लागि आवश्यक पूजाका सामग्री किनमेल तथा परिवारीक जामघटले बजारहरुमा चहलपहल र भिडभाड बढेको देखिन्छ ।लुगा कपडा, मिठाइ, फलफूल पसलहरुमा भिड छ भने पर्वले गर्दा पूजा सहितका आवश्यक सामग्रीहरुको पनि मुल्य बढेको पाइन्छ ।

    सूर्य उपासनाको महापर्व छठ पूजाको दोश्रो दिन आज व्रतालुहरुले खरना मनाउने गर्छन ।जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्दछन । त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत शुरु हुन्छ । भोलि सोमबार साँझ अस्ताउँदो र पर्सी मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिए पछि चार दिनको यो पर्व सकिन्छ ।

    यस पर्वका लागि यहाँका छठघाट सजावटको काम अन्तिम चरणमा पुगेको छ । अहिले छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरु दुलही झै श्रृगारिँदै छन् भने भजन किर्तनका गीतहरुले यहाँको वातावरण नै भक्तिमय बन्न थालेको छ ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij