वेबटिभी खबर
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij