Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

  • 149
    SHARES
  • छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो

    काठमाडौं । छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोकेको छ । भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ । महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।

    उनका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ । ‘विगत जस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ ।’पाण्डेले भने ।

    यी हुन् छठ पर्वका लागि महानगरपालिकाले तय गरेका आठ स्थानहरू :
    १) कमल पोखरी ।
    २) गौरीघाट ।
    ३) बोक्सी दह ।
    ४) बागमती दोभान ।
    ५) टंकेश्वर ।
    ६) बल्खु कुमारी क्लब ।
    ७) कुलेश्वर भलिबल ग्राउण्ड ।
    ८) रामघाट ।

    साथै प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij