वेबटिभी खबर
काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले भदौ १ देखि संगठन सुदृढीकरण गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘१ भदौदेखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गरिने निर्णय भएको छ । अभियान सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन गरिएको छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै कार्यकारिणी समितिका सदस्य गंगा नारायण श्रेष्ठले भने ।
यस्तै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय भएको उनले बताए ।
बैठकले अनुशासन सम्बन्धी छानविन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहने छानबिन समिति गठन गरेको छ ।
पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवले पाएसँगै जसपाले पार्टी सुदृढीकरणलाई अघि बढाएको हो । बैठकले सरकारमा जाने मन्त्रीको नामबारे पनि निर्णय गरेको बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij