Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल बिक्री

मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल बिक्री

  • 139
    SHARES
  • मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल बिक्री

     

    मुगु । नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब ९ सय ४० क्वीन्टल चामल विक्रि भएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल विक्रि भएको कम्पनि मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।

    उनका अनुसार सबै भन्दा बढी जिरा मसिनो चामल विक्रि भएको छ । सुपथ मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजि ५ रुपैँयाको छुटमा विक्रि भैरहेको छ ।

    त्यस्तै हाल सम्म २ हजार ७ सय ७३ लिटर तेल बिक्रि भएको उनले जनाए । सबै भन्दा बढि सुर्यमुखि तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हाल सम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।

    बजारबाट महंगो मुल्यमा चामल किनेर उपभोग गर्दै आएका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानियलाई यतिबेला राहत भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मुगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij