Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

  • 174
    SHARES
  • पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज प्रहरीले पक्राउ गरेको छ । मिति २०७९/०९/१० गते २ वटा सुट्केश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीले पक्राउ गरेको हो ।

    आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ । भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij