Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

  • 108
    SHARES
  • प्रधानमन्त्री र  राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् ।

    छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरुको अवधि सकिदैछ । फागुनको २० गते सकिदै छ । हामीले ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्छ । निर्वाचनको बारेमा हामीले रिपोर्टिङ गरी सल्लाह गर्यौं ।’

    उनले राष्ट्रिय सभालाई गतिशिल बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकहरुको विषयमा पनि छलफल गरिएको जानकारी दिए । अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij