Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ

  • 95
    SHARES
  • सालकको खपटासहित दुईजना पक्राउ

    काठमाडौं । तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज नुवाकोटको ककनी गाउँपालिका–३ का  २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गानालाई पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij