Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा

सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा

  • 165
    SHARES
  • सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा

    सर्लाही । राजेन्द्र बिश्वकर्मा, सर्लाही। दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन् ।

    बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ ।

    लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका - ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका- ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका - ५ पडरियामा पनि बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्ण रूपमा भत्किएका छन् ।

    उता हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पस्न पुगेको छ। बरहथवा नगरपालिका - ७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन् ।

    यस्तै कौडेना गाउँपालिका-३ र ५ मा लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेका छन् भने कविलासी नगरपालिका -८ अगर्वामा झिम खोलाले १४ घर प्रभावित बनाएको छ । गोडैता नगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ ।


    प्रहरीका अनुसार हालसम्म ठूलो जनधनको क्षति नभए पनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका - ३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवासँगको सम्बन्धविच्छेद भएको छ।

    बाढीले राजमार्गको करिब १५० मिटर पक्की सडक बगाए पछि स्थानीयलाई सदरमुकाम सम्म आउजाउ गर्न लामो वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने अवस्था आएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij