Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ?

बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ?

  • 115
    SHARES
  • बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ?

    काठमाडौं । बाढी–पहिरोका कारणअवरुद्ध सडक खुलाउने क्रम जारी छ ।पहिरोका कारणले अवरुद्धभएका केहीसडक सञ्चालनमाआइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमाआएको छ ।

    पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोलापहिरो हटाई यातायात सुचारु गरेको नागढु‌गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि  पृथ्वी राजमार्ग ठप्प भएको थियो ।

    त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइनखोलामा आज पनि पहिरो पन्छाउने क्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझ पानी परेकाले पहिरो पन्छाउने काम रोकिए पनिआज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले बताए ।

    बुधबार राती ठुलो पानी परेपनी थपपहिरो झरेको छैन् । तर  पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा दुई दिनलाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजमार्ग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij