Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महानगरभित्र सामुदायिक विद्यालयमा १ हजार ६० स्मार्ट बोर्ड जडान हुने

महानगरभित्र सामुदायिक विद्यालयमा १ हजार ६० स्मार्ट बोर्ड जडान हुने

  • 178
    SHARES
  • महानगरभित्र सामुदायिक विद्यालयमा १ हजार ६० स्मार्ट बोर्ड जडान हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ ।

    महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्टबोर्ड जडान गर्नेगरी महानगरले काम गरिरहेको जानकारी दिए ।

    नगरप्रमुख शाहले हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्ड जडानका लागि बजेट निकासा भइसकेकाले तिहारअघि नै उक्त बोर्ड पनि जडान भइसक्ने जानकारी दिएका हुन् ।

    उक्त स्मार्टबोर्ड जडान भएसँगै काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ५३ हजार विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ । नगरप्रमुख शाहले महानगरको पहिलो प्राथमिकता विद्यार्थी भएको बताए ।

    ‘विद्यार्थीमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्नसक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ, यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ’, नगरप्रमुख शाहले भने ।

  • सम्बन्धित विषय:

  • # महानगर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij