वेबटिभी खबर
काठमाडौं । नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए।
उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो नियमावलीको आवश्यकता देखिएको कारण पनि त्यसलाई फुकाउन गएका छौं ।’
त्यस्तै उनले स्थानीय तहको कार्यसम्पादनलाई जवाफदेही र सहजता प्रदान गर्ने प्रकृतिको निर्णय पनि भएको जानकारी दिए । साथै, भूमि बैंकको स्थापनाको लागि कदम चालेको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij