Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना

  • 90
    SHARES
  • आजको मौसम : कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

    यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा सामान्य बदली रहने छ । कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij