Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ

जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ

  • 125
    SHARES
  • जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ

    जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखेका हुन् ।

    भ्रष्टाचार बन्द होस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपा एमालेको पनि माग रहेको उनले बताए । भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशी विदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए । नेता महासेठले ती देशी विदेशी षड्यन्त्रकारीहरुले नै जेनजी युवाहरुको हत्या गरेको बताए ।

    जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको नेता महासेठले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेता महासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

    नेता महासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # जेनजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij