Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

जसपामा मन्त्रीबारे निर्णय लिने अधिकार कसलाई छ ? 

जसपामा मन्त्रीबारे निर्णय लिने अधिकार कसलाई छ ? 

  • 477
    SHARES
  • जसपामा मन्त्रीबारे निर्णय लिने अधिकार कसलाई छ ? 

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट सरकारमा मन्त्री पठाउन बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, संघीय अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । 

    मन्त्री चयनको मापदण्डकाबारे बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल भएको थियो । छलफलमा समानुपातिक समावेशी, नयाँ अनुहारलाई ग्राहयता, विषयवस्तुका अनुभवी, पार्टी तथा आन्दोलनमा योगदान दिएका जस्ता विषयवस्तुका आधारमा मन्त्री चयन गर्नुपर्ने सुझाव सदस्यहरुले दिएको बताइएको छ ।

    जसपाबाट मन्त्री बन्ने आकांक्षी धेरै भएका हुनाले त्यसका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष डा.भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता राईलाई दिएको बैठकमा सहभागी एका कार्यकारिणी सदस्यले बताए । उनीहरुले मापदण्ड पुरा गरेर मन्त्रीको नाम चयन गरी सरकारलाई पठाउने छन् । 

    प्रचार विभागका प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले मन्त्री कसलाई पठाउने विषयमा छलफल भए पनि कुनै व्यक्तिको विषयमा छलफल नभएको बताए । उनले भने, ‘मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो । तर व्यक्तिका विषयमा कुनै छलफल भएन ।’ 

    बैठकले पार्टीको नियमावली पारित गरेको उनले बताए । जसपाको केन्द्रीय समितिलाई अध्यावधिक गर्ने अधिकार मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव, रमेश यादवलगायतलाई जिम्मेवारी दिएको छ ।

    केन्द्रीय सदस्यहरु चयन भएपनि पार्टी कार्यालयमा सबैको नागरिकतालगायत अन्य कागजात प्राप्त नभएको कारणले त्यसलाई चाँडै अध्यावधिक गर्ने निर्णय भएको छ ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij