वेबटिभी खबर
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि लागू हुनेगरी कर्फ्यू आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश हटाइएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) र ६ (३) बमोजिम लगाइएको निषेधाज्ञा भने भोलि बिहान ५ः०० बजेसम्मका लागि निरन्तरता दिइएको छ ।
निषेधाज्ञामा उल्लेख भएका स्थानसहित आवश्यक सर्तको पालना गर्न उनले सबैलाई आग्रह गरका छन् । आज दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij