Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

  • 111
    SHARES
  • सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । आज पर्वको पहिलो दिन व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने प्रचलन रहेको छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिने गरिन्छ ।

    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा पनि लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

    पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुन्छ । ठाउँठाउँमा पर्वको अवसरमा आजैदेखि देउडा समेत खेलिने प्रचलन छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij