Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महोत्तरीमा भाइरल ज्वरोका कारण अस्पतालमा बिरामी चाप बढ्यो

महोत्तरीमा भाइरल ज्वरोका कारण अस्पतालमा बिरामी चाप बढ्यो

  • श्रावण १३, २०७८ बुधवार १४:४६ बजे
  • 1.1K
    SHARES
  • महोत्तरीमा भाइरल ज्वरोका कारण अस्पतालमा बिरामी चाप बढ्यो

    काठमाडौं । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट एवं निमित्त कार्यालय प्रमुख डा.सतिश साहकाअनुसार एक हप्तादेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको हो ।

    उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनकाअनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । 

    केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा.साह बताउँछन् । यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा.साहले सबैलाई आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # बिरामी
  • # भाइरल ज्वरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij