Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मादी नदीले बगाउँदा एकजना बेपत्ता

मादी नदीले बगाउँदा एकजना बेपत्ता

  • 109
    SHARES
  • मादी नदीले बगाउँदा एकजना बेपत्ता

    दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij