Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भियतनाममा बाढी र पहिरोले आठ जनाको मृत्यु, ३ जना बेपत्ता

भियतनाममा बाढी र पहिरोले आठ जनाको मृत्यु, ३ जना बेपत्ता

  • 152
    SHARES
  • भियतनाममा बाढी र पहिरोले आठ जनाको मृत्यु, ३ जना बेपत्ता

    एजेन्सी ।  भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा पछिल्ला दिनमा आएको बाढी र पहिरोले कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।

    शनिबार बिहान ६ बजे सम्मको तथ्यांक अनुसार करिब ६० घरहरू बाढीले बगाएको छ । बाढीले ३० वटा गाउँहरू बाहिरी संसारसँग सम्पर्कविहीन बनाएको छ ।

    बेपत्ता व्यक्ति खोज्न र उद्धार गर्न करिब सात सय सुरक्षाकर्मी, सेना, स्थानीय स्वयंसेवक र विभिन्न संगठनका सदस्यहरू परिचालन भएका छन् ।

    शनिबार बिहान स डुङ गाउँ पुगेर अवलोकन गरेका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबैलाई तत्काल राहत पुग्नेगरी काम गर्न निर्देशन दिए ।  उनले भोकमरी, सम्पर्कविहीनता र सूचना अभाव नहोस् भनेर विशेष ख्याल राख्नसमेत आग्रह गरे ।

    उनले उद्धारकर्मी र प्रभावित सबैको सुरक्षा सबै परिस्थितिमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij