Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

  • 89
    SHARES
  • विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

    जुम्ला । जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँचजना सदस्य बिरामी भएका छन् ।

    आइतबार दिउँसो करिब ३ बजे जंगली च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लक्षण देखिएको थियो ।

    बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट रहेका छन्। उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो, जहाँ हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    स्थानीयका अनुसार मन्थर क्षेत्रमा विषालु च्याउ खाएर ज्यानै जाने घटनाहरु हुने गरेको तर जनचेतनाको अभावले जोखिम कायमै रहेको छ । प्रहरी र स्वास्थ्य संस्थाहरूले जंगली च्याउ चिनेर मात्र सेवन गर्न अनुरोध गरेका छन् । घटना सम्बन्धी थप अनुसन्धान भैईरहेको छ । 

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij