Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक छ : डा. शर्मा

पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक छ : डा. शर्मा

  • 134
    SHARES
  • पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक छ : डा. शर्मा

    एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाको नेतृत्व चयन प्रक्रियामा व्याप्त पैसा र राजनीतिक हस्तक्षेपको अन्त्य गर्न विश्वभरका पञ्जीकृत सदस्यमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखेका छन् ।

    एनआरएनए यूकेको महाधिवेशनको अवसरमा आइतबार अल्डरशटमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै डा. शर्माले संघको आन्तरिक संरचनामा व्यापक सुधारको खाँचो रहेको बताएका हुन् ।

    उनले भने,  ‘संघको निर्वाचनमा पैसा र राजनीति हावी हुँदा सबैलाई नेतृत्वमा पुग्ने अवसर मिल्दैन । यसले संस्थाको समावेशीता र विश्वसनीयता दुवैमा आँच पुर्याएको छ । आगामी दिनमा पञ्जीकृत सदस्यहरुले प्रत्यक्ष मतदानमार्फत नेतृत्व चयन गर्ने प्रणालीले ‘एनआरएनए फर अल’ को सन्देश स्थापित गर्न सकिन्छ ।’

    66842fd8-e94b-4335-ab0a-515225d33190.jpg

    डा। शर्माले एनआरएनएमा पेशेवर वर्गको सहभागिता कमजोर भएको उल्लेख गर्दै संस्थालाई सबैलाई अटाउने साझा मंचको रूपमा रुपान्तरण गर्न आफू कटिबद्ध रहेको स्पष्ट पारे ।

    २० वर्षभन्दा लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै महासचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सम्हालेका डा. शर्माले आगामी अक्टोबरमा काठमाडौंमा हुने १२औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी स्वाभाविक भएको बताए ।

    ‘मैले महासचिवको भूमिकामा रहँदा स्मार्ट एनआरएनए, एमआईएस प्रणाली, अनलाइन मतदानजस्ता महत्वपूर्ण रुपान्तरणका अजेण्डा अघि सारेको थिए। ती अजेण्डाहरूलाई संस्थागत र दीर्घकालीन बनाउने उद्देश्यले आगामी कार्यकालको नेतृत्वमा जान चाहन्छु ।’ उनले भने ।

    डा. शर्माले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यता र सहभागिता बढाउन सकिने उल्लेख गर्दै अहिलेको जस्तो ‘मतदाता बनाउने’ प्रवृत्तिको सट्टा स्वयं सदस्य बन्ने सहज व्यवस्था आवश्यक रहेको धारणा राखे ।

    संस्थाको केन्द्रमा देखिएको विभाजनले राष्ट्रिय समितिहरुमा समेत जनसहभागिता घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले संस्थाको विश्वसनीयता र गतिशीलता पुनःस्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

    आगामी कार्यकालमा आफू ‘परिणाममुखी, दिगो, बहुआयामिक, पारदर्शी, र उत्तरदायी एनआरएनए’ निर्माणमा केन्द्रित हुने बताउँदै उनले ज्ञान, सीप, नवप्रवर्तन र नेपाल सरकारसँगको साझेदारीलाई संस्थाको प्राथमिक एजेण्डा बनाउने प्रतिबद्धता जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij