Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

  • 85
    SHARES
  • सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेको बताएका हुन् ।

    उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे । सिटौलाले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्यांकन गर्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरेबमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन्।’

    सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए । त्यस्तै संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधिसभामा पठाएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij