वेबटिभी खबर
काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सम्पर्क विभागको बैठक सम्पन्न भएको छ ।
संगठनको सम्पर्क समितिमा काम गर्न इच्छुक सदस्यलाई मापदण्ड बनाएर चयन गर्ने सहमति भएको केन्द्रीय सचिव एवम् सम्पर्क विभाग प्रमुख नरेश रेग्मीले बताए ।
‘विभागको बैठक केही आवश्यक निर्णयहरु लिँदै सम्पन्न भयो । सम्पर्क समितिमा काम गर्न इच्छुक साथीहरुलाई मापदण्ड बनाएर जोड्ने गरी अगाडि बढ्नेछौं,’ रेग्मीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij