नयाँ दिल्ली । कोरोना संक्रमणको तेस्रो लहरमा विश्वभर बालबालिकालाई धेरै संक्रमण हुन सक्ने प्रक्षेपण गरिएको । यसैबिच भारतीय स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले अगस्ट महिनाभित्र भारतमा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सकिने बताएका छन् ।
भारतीय सञ्चार माध्यमकाअनुसार स्वास्थ्यमन्त्रीले मंगलबार भएको बिजेपी संसदीय दलको बैठकमा आउँदो महिनामा बालबालिकालाई संक्रमणविरुद्धको खोप लगाइने जनाएका हुन् । कोरोना संक्रमणको चेन तोड्न र बालबालिकालाई नियमित पठनपाठनको लागि विद्यालय खोल्न भाइरसविरुद्धको खोप आवश्यक रहेको स्वास्थ्यविज्ञले जनाइरहेका छन् । हाल भारतमा १८ वर्षभन्दा माथीकालाई भाइरसविरुद्धको खोप दिइएको छ ।
सेप्टेम्बरसम्म बालबालिकालाई भाइरसविरुद्धको खोप लगाउन सकिने सम्भावना भारतले व्यक्त गरिरहेको छ । एम्स चीफ डा. रणदीप गुलेरियापनि केही दिनअघि एउटा कार्यक्रममा सेप्टेम्बरमा बालबालिकालाई भाइरसविरुद्धको खोप लगाउन सकिने जनाएका थिए ।
डा. रणदीपले जाइडस कैडिलाले ट्रायल गरिसकेको र यसको आपतकालिन प्रयोगको लागि आधिकारिक निर्णयको पखाई रहेको जनाएका थिए । उनकाअनुसार भारत बायोटेकको कोभ्याक्सिनको ट्रायल पनि बालबालिकामा अगस्ट वा सेप्टेम्बरसम्म पुरा हुनसक्छ । यसैगरि फाइजर खोप आपतकालिन प्रयोगको लागि अमेरिकी नियामकबाट आधिकारिक मान्यता प्राप्त भइसकेको छ । त्यसैले भारतमा सेप्टेम्बरसम्म बालबालिकामा कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन हुनसक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij