Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कामपाको बजेट आइतबार सार्वजनिक गरिने

कामपाको बजेट आइतबार सार्वजनिक गरिने

  • 108
    SHARES
  • कामपाको बजेट आइतबार सार्वजनिक गरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ ।शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।

    मेयर साहले २९ गतेबिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको उनले बताए ।

    उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभायही असार २९ गतेदिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु ।’

  • सम्बन्धित विषय:

  • # कामपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij