Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

स्रोत नखुलेका नेपाली र भारतीय रूपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेका नेपाली र भारतीय रूपैयाँसहित दुईजना पक्राउ

  • 145
    SHARES
  • स्रोत नखुलेका नेपाली र भारतीय रूपैयाँसहित दुईजना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको २३ लाख २८ हजार ५ सय नेपाली र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले आज दुई  जनालाई नियन्त्रमा लिएको छ ।

    सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ सीमा ईलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षिय ईन्द्रजित प्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

    भारतरबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    85297131-33e5-4024-8b31-c5447fcad0cc.jpg

    उनका अनुसार रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा ईलाकाबाट ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । 

    सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो ।

    भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

    4f347ed4-acbb-40fc-a16c-aecbb1971dbc.jpg

    नियन्त्रणमा लिइएकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij